Logo

प्रमुख समाचार

कम्बोडियामा अलपत्र २० जना नेपालीको उद्धार गरी स्वदेश फर्काइयो



काठमाडौं । कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरुलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको जनाएको छ ।

दूतावासले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार उद्धार गरिएकाहरू अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र विनाभिसा बस्दै आएकाहरु रहेका छन् ।

उनीहरूलाई दूतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उद्धार गरिएको हो । उद्धार गरिएकाहरुलाई गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहरीकरणमा बुधबार नै काठमाडौँ पठाइएको बताइएको ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार १२:४५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।