Logo

अर्थ

नेपाल बैंकले ल्यायो ब्याज छुटसहित कर्जा चुक्ता नियमित गर्ने योजना



काठमाडाैं। नेपाल बैंक लिमिटेडबाट कर्जा उपभोग गरिरहेका आफ्ना कर्जा ग्राहकहरुलाई लक्षित गरी ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्नेबारे आकर्षक योजना ल्याएको छ।

सो योजनाअनुसार नेपाल बैंकबाट कर्जा उपभोग गरी २०७९ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ १ करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूले वि०८३ आषाढ मसान्तभित्र योजना अनुसार शर्तसहितको ब्याज छुट सुविधा उपभोग गरी कर्जा चुक्ता गर्ने सुवर्ण अवसर प्रदान गरिएकोले बैंकले आफ्ना सम्बन्धित कर्जा ग्राहकहरूलाई ब्याज छुटको सुविधा लिई कर्जा चुक्ता गर्न अनुरोध गरेको छ।

साथै ०८० बैशाख १ गते पश्चात निष्कृय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले ०८२ चैत्र मसान्त भित्र बक्यौता सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले बैंकको शाखा कार्यालयमा सम्पर्क गरी ब्याज छुट सुविधाको लाभ लिन समेत बैंकले अनुरोध गरेको छ।

 

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार १५:५७   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।