Logo

समाचार

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा दायर



काठमाडौं । अभिनेता राजेश हमालको नाममा भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अछामको ढकारी गाउँपालिकाले हमालको तस्बिर प्रयोग गरेर बनाइएको भनिएको वृत्तचित्तका लागि १२ लाख ७७ हजार २५० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदविरुद्ध सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

चलचित्र निर्माणको जिम्मा पाएको आरजे ट्वान्टी फोर न्यूज एवं नव इन्द्रेणी फाउण्डेशन काठमाडौंका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) लाई पनि प्रतिवादी बनाइएको छ ।

चारैजना प्रतिवादीबाट जनही १२ लाख ७७ हजार २५० रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

२० प्रतिशत मात्र पेस्की दिन मिल्ने कानुनी व्यवस्थाविपरीत गाउँपालिकाले ५८ प्रतिशतसम्म पेस्की दिएको, चलचित्र निर्माणका लागि घर भाडा र अरु खर्चका नाममा नक्कली र झुट्टा बिल पेस गरी भुक्तानी लिइएको अभियोग पत्रमा उल्लेख छ ।

हिउँदे अधिवेशनबाट कार्यक्रम संशोधन र रकमान्तर गरी सेटिङमा हिनामिना गरेको बताइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार १६:११   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।