Logo

अर्थ

भुजुङ्ग हाइड्रोपावरको आइपीओ सूचीकृत



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘बीजेएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको कुल १ करोड कित्ता आइपीओ सूचीकृत भएको हो । जसमा ८० प्रतिशत अर्थात ८० लाख कित्ता संस्थापक सेयरधनीले लगानी गरेको छ र २० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणलाई वितरण गरिएको सेयर रहेको छ ।

नेप्सेले उक्त कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि २०.०४ रुपैयाँदेखि अधिकतम २७०.१२ रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । सोही मूल्यकै आधारमा आइतबारदेखि कम्पनीको कारोबार खुल्नेछ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार १७:०७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।