Logo

प्रशिक्षक पेप गार्डीओला अझै २ बर्ष सिटीमै रहने



एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबसँग सम्झौता पुन नवीकरण गरेका छन् । स्पेनिस प्रशिक्षक ग्वार्डिओलाले गत बिहीबार थप दुई वर्षको लागि नयाँ सम्झौतामा गरेका हुन् ।

नयाँ सम्झौतासँगै अब ग्वार्डिओला सन् २०२३ सम्म सिटीमा रहनेछन् । ग्वार्डिओलाको सम्झौता यसै सिजनको अन्त्यसम्म रहेको थियो ।

ग्वार्डिओला सन् २०१६ मा जर्मन क्लब बायर्न म्युनिखबाट सिटी आएका थिए । त्यसअघि उनी क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक समेत रहेका थिए ।

सिटीसँगको नयाँ सम्झौतापछि ग्वार्डिओलाले सिटीमा राम्रो आतिथ्यता रहेको र यहाँको खेलाडी, अफिसियल, समर्थक, म्यानचेस्टरका जनता, सिटीको अध्यक्ष र मालिकबाट राम्रो साथ पाइरहेको बताए । उनले सिटीमा रहँदा ठुलो सफलता पाएको र एकैसाथ ट्रफी र गोल गर्न सफल हुदा गौरवको महसुस भइरहेको बताए ।

ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले तीन इएफएल कप, दुई प्रिमियर लिग, दुई एफए कम्युनिटी शिल्ड र एक एफए कप जितेका छन् ।

 

प्रकाशित : ५ मंसिर २०७७, शुक्रबार