एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव अन्त्य गर्ने उद्देश्यले भइरहेको पछिल्लो वार्ता सकारात्मक र उपलब्धिमूलक रहेको बताएका छन्।
पछिल्ला दुई दिनदेखि जारी उच्चस्तरीय छलफलपछि उनले मध्यपूर्वमा चुलिँदै गएको द्वन्द्व समाधानतर्फ महत्वपूर्ण प्रगति भएको संकेत दिएका हुन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत वार्ता गम्भीर, विस्तृत र रचनात्मक ढंगले अघि बढिरहेको उल्लेख गरेका छन्। साथै, यही सकारात्मक वातावरणलाई निरन्तरता दिन इरानसँगको संवाद यसै हप्ताभर जारी रहने जानकारी दिएका छन्।





















प्रतिक्रिया