Logo

समाचार

सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गर्ने युवक पक्राउ



काठमाडौं । सामाजिक सञ्जालमार्फत नाबालिकाको अन्तरङ्ग तस्बिर तथा भिडियो प्रसारण गरी चरित्र हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

नाबालिकाले इन्स्टाग्राममार्फत साथीबाट प्राप्त जानकारी अनुसार टेलिग्राम एकाउन्टमार्फत अश्लील सामग्री प्रसारण भइरहेको उजुरी साइबर ब्यूरोमा दर्ता भएको थियो।

सोको आधारमा गरिएको प्राविधिक अनुसन्धानबाट काभ्रेपलान्चोक जिल्ला, नमोबुद्द नगरपालिका–८ दारीमबोट स्थायी घर भई काठमाडौं बस्ने २२ वर्षीय अशोक लामा संलग्न रहेको पुष्टि भएको हो।

ब्यूरोले उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा चैत्र ८ गते काठमाडौंबाट पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौंले चैत्र ९ गतेको आदेशअनुसार थप पाँच दिनको म्याद दिई अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालमा अश्लील सामग्री प्रसारण, नाबालिकाको चरित्र हत्या तथा साइबर अपराधमा संलग्न हुने व्यक्तिलाई कानूनी कारबाही गरिने चेतावनी दिएको छ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार २०:०४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।