काठमाडौं । सुनको मूल्य घट्ने क्रम मंगलबार पनि जारी रहेकाे छ ।
आज प्रतितोला १ हजार ६ सय रुपैयाँले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुन प्रतितोला मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी भने सामान्य बढेको छ । प्रतितोला ८० रुपैयाँले चाँदीको मूल्य बढेसँगै ४ हजार ५०५ रुपैयाँ पुगेको छ ।





















प्रतिक्रिया