Logo

अर्थ

१४ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । आज सुनको मूल्यमा उच्च दरको वृद्धि भएको छ । सुनको मूल्य प्रतितोला १४ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन आज सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा काराेबार भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियाे ।

आज चाँदीको मूल्यमा समेत उच्च दरले वृद्धि भएको छ । आज चाँदी प्रतितोला ४१५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ४ हजार ५०४ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ९२० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार ११:२०   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।