काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजना (२०८१/८२–२०८५/८६) को प्रभावकारी कार्यान्वयनका लागि विस्तृत कार्यान्वयन कार्य योजना तयार गरेको छ । यो कार्ययोजनालाई मन्त्रिपरिषद्ले २०८२ फागुनमा स्वीकृत समेत गरिसकेको छ ।
१६औँ योजनामा ५ वर्षको अन्त्यसम्ममा ७.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ । साथै प्रतिव्यक्ति आय हालको १,४५६ अमेरिकी डलरबाट बढाएर २,३५१ डलर पुर्याउने लक्ष्य छ । निरपेक्ष गरिबीलाई १२ प्रतिशतमा झार्ने लगायतका लक्ष्य लिइएको छ ।
यी लक्ष्य पुरा गर्नका लागि तयार कार्य योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य लक्ष्यका रूपमा अङ्गीकार गरेको छ ।यस कार्य योजनाले सङ्घीयताको सुदृढीकरण, स्थानीय तहको क्षमता अभिवृद्धि र समावेशी दिगो विकासलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।





















प्रतिक्रिया