Logo

रिडी हाइड्रोपावरले शेयर धनिलाई बोनस शेयर वितरण गर्ने



रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शेयरधनीहरूलाई बोनस शेयर वितरण गर्न लागेको छ । 

कम्पनीको हिजो (मंसिर ४ गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांशलाई कम्पनीको मंसिर २६ गते जुमबाट हुने १९औं वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि मंसिर १५ गते, सोमबार बुक क्लोज गर्ने भएको छ । त्यसैले, मंसिर १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार १३:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।