Logo

विविध

सुद्दोधन गाउँपालिका उपाध्यक्षविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता



कपिलवस्तु ।सशस्त्र प्रहरी बरिष्ठ हवल्दारमाथि हातपात गरेको आरोपमा पक्राउ परेका कपिलवस्तुको सुद्दोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।

सोमबार बिहान सोही गाउँपालिकाका ५ स्थित शिवलवा दोहनी सिमा नाकामा भारतबाट सामान ल्याएको विषयमा चेकजाँच गर्दा चौधरीले सशस्त्रको बिओपी हथिहवा क्याम्पमा कार्यरत बरिष्ठ हवल्दार भिमबहादुर चौधरीमाथि हातपात गरेको आरोपमा उपाध्यक्ष चौधरी पक्राउ परेका थिए । उनीमाथि सोमबार साँझ नै किटानी जाहेरी आएको थियो ।

उपाध्यक्ष चौधरीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए । अदालतबाट ४ दिनको म्याद थप गरी कारबाही प्रकृया अघि बढाइएको उनले बताए ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलवार १७:४३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।