Logo

समाचार

महानगरले बालबालिकाको जन्मजात मुटु तथा वाथ मुटु रोगको परीक्षण गराउने



काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय उमेरका १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा वाथ मुटु रोगको परीक्षण गराउने भएको छ ।

महानगरका अनुसार महानगरपालिकाको स्वास्थ्य विभागले नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा ४१ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन हुने छ ।

यससँगै ३२ वडाका १५ ठाउँमा महिला मुटुरोग सचेतना कार्यक्रम (गो रेड फर वुमेन) सञ्चालन गरिनेछ ।

यो परीक्षणबाट प्राप्त हुने तथ्याङ्कका आधारमा थप कार्यक्रम तर्जुमा गर्ने महानगरको थप तयरी रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलवार १८:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।