Logo

राजनीति

ओली-प्रचण्डले नेता कार्यकर्तामाथि लगाए यस्तो प्रतिबन्ध, नेकपाभित्र मच्चियो खैलाबैला



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपाका नेता-कार्यकर्ताहरुमाथि प्रतिबन्ध लाग्ने भएको छ । आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्न नेता-कार्यकर्ताहरुमाथि प्रतिबन्ध लागेको हो । बिहीबार बस्ने स्थायी कमिटीको बैठकले नेकपाका कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा नेताविरुद्ध जथाभावी लेख्न नदिने निर्णय गर्न लागेको हो । स्थायी कमिटीको बैठकअगावै बाहिरिएको अध्यक्षद्वय केपी ओली र प्रचण्डको संयुक्त प्रतिवेदनमा कार्यकर्ताहरुले नेताविरुद्ध लेख्न नपाउने भनिएको छ । 

स्थायी कमिटीको बैठकका लागि तयार पारिएको प्रस्तावमा भनिएको छ, ‘पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्न जिम्मेवार कमरेडहरु र सम्वद सबैलाई यो बैठक निर्देशित गर्दछ ।’

अध्यक्षद्वयको प्रस्तावमा भनिएको छ, ‘समग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिँदै गएको गुटबन्दीको असरलाई विधि, पद्दति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सवैप्रकारका अनेकता, अराजकता र अनुशासनहीनता एवं गुटबन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्दछ ।’

ओली(प्रचण्डको यो निर्णयले पार्टीभित्र खैलाबैला मच्चाएको छ । सामाजिक सञ्जालमा आलोचना गर्न प्रतिबन्ध लगाउने तयारी भए पनि नेता कार्यकर्ताहरुले भने लागु गर्ने छाँटकाँट देखिदैन । नेकपा कम्ति पारदर्शी छ त ?’ यसैवीच नेकपा स्थायी कमिटीको बैठक नबस्दै अध्यक्ष केपी ओली र प्रचण्डको प्रस्ताव मिडियामार्फत बाहिरिएकोमा केन्द्रीय सदस्य विष्णु रिजालले असन्तुष्टि प्रकट गर्दै फेसबुकमार्फत व्यंग्य गरेका छन् – नेकपा कम्ति पारदर्शी छ त !

रिजाल फेसबुकमा लेख्छन्, ‘नेकपा कम्ति पारदर्शी छ त ? कार्यदलले तयार पारेको प्रतिवेदन छलफल त के सचिवालय सदस्यकै हातमा नपुग्दै पीडीएफ फाइल नै बाहिर आयो’ रिजालले फेसबुकमा लेखेका छन् ‘अध्यक्षद्वयले तयार गरेको प्रतिवेदन स्थायी समिति सदस्यहरुको हातमा पुग्दा नपुग्दै हुबहु सार्वजनिक भयो । छलफलै नभई सार्वजनिक गर्न कति हतार हो ? बैठकमा सम्म त पेस हुन दिए हुने नि !’

प्रकाशित मिति : भाद्र २६, २०७७ शुक्रबार  ८ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।