Logo

रोनाल्डोकाे २ गाेलमा युभेन्टस वियजी



पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो चम्कदा युभेन्टस वियजी भएको छ । इटालियन सिरी ए फुटबलमा शनिबार राति भएको खेलमा युभेन्टस काग्लियारीमाथि २-० ले वियजी भएको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई जित दिलाउँन खेलका दुबै गोल रोनाल्डोले गरेका हुन् । उनले दुबै गोल पहिलो हाफमा गरेका हुन् ।

खेलको ३८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । उनले अल्भारो मोराटाको पासमा गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । त्यस्तै पहिलो हाफ सकिन तीन मिनेट बाँकी हरँदा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे ।

उनले ४२ औं मिनेटमा डेमिरलको पासमा गोल गर्दै पहिलो हाफमा घरेलु टोलीलाई २-० को अग्रता दिलाए । दोस्रो हाफमा भने दुबै टोली थप गोल हुन नसक्दा रोनाल्डोको गोल नै युभेन्टसको जितका लागि पर्याप्त भयो ।

जितसँगै युभेन्टस अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आठ खेल खेलेको युभेन्टस अपराजित रहँदै १६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । युभेन्टसले आठ खेल खेल्दा समान चार खेलमा जित र बराबरी खेल्दै अपराजित रहेको छ । यता, समान खेल खेलेको पराजित काग्लियारी १० अंक जोड्दै ११ औं स्थानमा छ ।

प्रकाशित मिति : मंसिर ७, २०७७ आईतबार  ७ : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।