Logo

प्रमुख समाचार

पेट्रोलियम पदार्थको मूल्य: भारतमा घट्यो नेपालमा स्थिर



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको छ ।

निगमले सोमबार एक विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको जनाएको हो ।

पहिलो वर्गमा रहेको (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा पेट्रोलको मूल्य प्रतिलिटर २१४.५० रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य २२२.५० रुपैयाँ कायम रहेको छ ।

यसैगरी, दोस्रो वर्गका रहेको (सुर्खेत र दाङ) मा पेट्रोल प्रतिलिटर २१६ रुपैयाँ र डिजेलरमट्टितेल २२४ रुपैयाँमा रहेको छ ।

यस्तै, काठमाडौं, पोखरा र दिपायल समेटिएको तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर २२५ रुपैयाँ नै यथावत रहने छ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलवार ०७:५०   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।