Logo

प्रमुख समाचार

निर्मला पन्तसँग डिएनए को संग मिल्यो ?



कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको शवबाट निकालिएको ‘भजाइनल स्वाब’को डीएनए र उनकी आमा दुर्गादेवी पन्तको डीएनए मिलेको छ ।पन्तको शवबाट निकालिएको भनिएको भजाइनल स्वाबमाथि नै प्रश्न उठेपछि बैधानिकता जाँच गर्न आमा दुर्गादेवी पन्तले डीएनए टेष्ट गर्न तयार भएकी थिइन् ।

उनले कञ्चनपुरमा पुगेर २५ पुसमा आफ्नो रगतको नमूना समेत दिएकी थिइन् ।लामो समयसम्म यसको रिपोर्ट सार्वजनिक भएको थिएन । मानवअधिकार आयोगले भजाइनल स्वाब संकलन नै त्रुटिपूर्ण भएको रिपोर्ट सार्वजनिक गरे लगतै प्रहरीले भजाइनल स्वाबको डीएनए र दुर्गादेवी पन्तको डीएनए मिलेको बताएको छ ।

निर्मला हत्या प्रकरणका अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझाले यसको पुष्टि गरेका छन् ।निर्मला पन्तकी आमाको रगतबाट निकालिएको डीएनए र स्वाबबाट निकालिएको डीएनए म्याच भएसँगै अब यसमा प्रश्न उठाउनु कुनै औचित्य नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : माघ १४, २०७५ सोमबार  ४ : ५८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।