काठमाडौं । ग्रेट वाल मोटर (जीडब्लुएम) अन्तर्गतको प्रिमियम विद्युतीय एसयूभी ‘ओरा ५ ईभी’ नेपाली बजारमा सार्वजनिक गरिएको छ।
नेपालका लागि जीडब्लुएमको आधिकारिक वितरक भिजी इम्पेक्स प्रालिले काठमाडौंको द प्लाजामा आयोजित कार्यक्रममा उक्त गाडी सार्वजनिक गरेको हो। कम्पनीका अनुसार ओरा ५ ईभी दुई भेरियन्टमा उपलब्ध हुनेछ।
प्रारम्भिक बिक्री मूल्यअनुसार मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
कम्पनीले ओरा ५ ईभीले एकपटकको पूर्ण चार्जमा अधिकतम ५२० किलोमिटरसम्म यात्रा गर्न सक्ने जनाएको छ। गाडीको ग्राउन्ड क्लियरेन्स २०० मिलिमिटर रहेको छ।
ओरा ५ ईभीमा प्यानोरामिक मुनरुफ, प्रिमियम सिट, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा तथा सेल्फ–हिलिङ पेन्ट प्रविधिलगायत सुविधा उपलब्ध छन्।
सुरक्षातर्फ गाडीले ५-स्टार एएनक्याप र ५-स्टार युरो एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीको दाबी छ। यसमा २५ भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) फिचर, लेन किप असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, ट्राफिक साइन रिकग्निसन तथा ३३ वटा स्टोरेज स्पेस समावेश गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार चीन र थाइल्यान्डपछि नेपाल ओरा ५ ईभीको अन्तर्राष्ट्रिय विस्तारका प्रमुख बजारमध्ये एक हो। ‘डिजाइन्ड विथ इन्टेलिजेन्स, सेप्ड बाई एलिगेन्स’ अवधारणामा आधारित यो मोडलमा आधुनिक प्रविधि, आकर्षक डिजाइन र उच्च सुरक्षा मापदण्ड समावेश गरिएको कम्पनीले जनाएको छ।
जीडब्लुएम हाल विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा उपस्थित रहेको र हालसम्म १ करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको कम्पनीको दाबी छ।




















प्रतिक्रिया