Logo

प्रमुख समाचार

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, कुनमा को नियुक्त भए ?



काठमाडौं । सरकारले विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ। प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले सिफारिस समितिको सिफारिसका आधारमा उपकुलपति नियुक्त गरेका हुन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्य नियुक्त भएका छन्। उनी यसअघि न्याम्सको क्यान्सर विभाग प्रमुख थिए।

त्यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नविसमान सिंह प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नारायणसिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूर्यमान म्याहाङम्बो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. अजयकुमार मिश्र उपकुलपतिमा नियुक्त भएका छन्।

उपकुलपति छनोटका लागि सरकारले गठन गरेको समितिले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार प्रक्रिया अघि बढाएको थियो।

समितिले जेठ ४ गते आवेदन आह्वान गरेकोमा ११३ जनाले आवेदन दिएका थिए। तीमध्ये मूल्यांकन, अन्तर्वार्ता र प्रस्तुतीकरणपछि प्रत्येक प्रतिष्ठानका लागि ७ जनाको दरले ४२ जनाको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो।

 

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार १८:५१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।