Logo

प्रमुख समाचार

संसदमा सम्पत्ति शुद्धीकरणदेखि सहकारीसहित चार विधेयक टेबुल



काठमाडौं। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्राप्त चार विधेयक टेबुल भएका छन्।

बैठकमा टेबुल भएका विधेयकमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ रहेका छन्।

अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका ती चार विधेयक आजै राष्ट्रिय सभाबाट पारित भएका थिए। प्रतिनिधिसभाको अर्को बैठक केहीबेरमा बस्ने भएको छ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार २१:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।