Logo

अर्थ

पोखरा र समृद्धि फाइनान्सबीच मर्जर, आजदेखि एकीकृत कारोबार सुरू



काठमाडाैं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया सम्पन्न भई आजदेखि एकीकृत कारोबार सञ्चालन हुने भएको छ। मर्जरपछि दुवै संस्थाको संयुक्त कारोबार ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट सञ्चालन हुनेछ।

नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रार कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको जानकारी दुवै संस्थाले दिएका छन्। स्वीकृति अनुसार समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सम्पूर्ण सम्पत्ति, दायित्व, ऋण तथा अन्य वित्तीय दायित्वहरू अब गाभ्ने संस्था पोखरा फाइनान्स लिमिटेडले वहन गर्नेछ।

मर्जरपश्चात् संस्थाको केन्द्रीय कार्यालय काठमाण्डौ महानगरपालिका–२८, पुतलीसडकमा रहनेछ, जुन पहिले समृद्धि फाइनान्सको कार्यालय रहेको स्थान हो।

यसैबीच नेप्सेले दुवै संस्थाको सेयर कारोबार आजदेखि नै रोक्का राख्ने भएको छ ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार १०:५०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।