Logo

अन्तर्राष्ट्रिय

इरानका दिवंगत सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि



काठमाडौं । इरानले आफ्ना पूर्वसर्वोच्च नेता अली खामेनीको हवाई आक्रमणमा मृत्यु भएको चार महिनापछि शुक्रबार बिहान उनको अन्त्येष्टि गरिएको छ ।

इरानी सरकारी सञ्चारमाध्यम आईआरआईबीका अनुसार, इस्लामिक क्रान्तिका सहिद नेताको पार्थिव शरीरलाई इमाम रेजा दरगाहको स्मृति हलमा अन्त्येष्टि गरिएको हो ।

इरानको राष्ट्रिय झण्डाले बेरिएको खामेनेईको शवपेटिकालाई उनको गृहसहर पूर्वी इरानको मशहदस्थित इमाम रेजा दरगाहभित्र लैजाँदा बाहिर हजारौँ शोकाकुल समर्थक भेला भएका थिए ।

उनीहरूले प्रार्थना गर्दै अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । यस क्रममा उनका छोरा तथा उत्तराधिकारी मोज्तबा खामेनेई भने सार्वजनिक रूपमा देखिएनन् ।

 

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार ११:०७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।