Logo

प्रमुख समाचार

ग्यास सिलिन्डर पड्किँदा माकलबारीमा एक जनाको मृत्यु



काठमाडौं । काठमाडौंको माकलबारीमा फायर एक्स्टिङ्ग्विसर र अक्सिजन सिलिन्डर पड्किँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान करिब १०:२० बजे माकलबारीस्थित सडक खण्डमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिकाको गाडीमा लोड गरिएको सामग्री विस्फोट भएको हो ।

विस्फोटमा पैदल हिँडिरहेका बागलुङ घर भई हाल गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने ४१ वर्षीय विष्णु थापा घाइते भएका थिए । उनलाई उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । शव अस्पतालमा राखिएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका–४ का ४२ वर्षीय कृष्ण अधिकारीले चलाएको बा.प्र.०६–००१ झ ००१७ नम्बरको गाडीमा पनौतीस्थित नवज्योती अक्सिजनबाट फायर एक्स्टिङ्ग्विसर र अक्सिजन सिलिन्डर राखेर सिन्धुपाल्चोकतर्फ लैजाँदै गरिएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार १२:२८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।