Logo

समाचार

महाशिवरात्रीमा पशुपतिका सबै ढोका खुल्ने



महाशिवरात्रि पर्वमा पशुपतिनाथको चारै ढोका चारै प्रहर खुला गर्ने निर्णय गरिको छ।नित्य दर्शनार्थीका लागि विहान ३ बजे नै मन्दिर प्रवेश पाउने व्यवस्था गरिने छ भने अन्य भक्तजनका लागि छुट्टै मन्दिर प्रवेश पासको व्यवस्था नगर्ने निर्णय पनि गरिएको छ। सञ्चारकर्मीले आफ्नै संस्थाको परिचयपत्रबाट पशुपति क्षेत्र प्रवेश गर्न सक्नेछन्।

पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाका अनुसार कोषले डा. मिलनकुमार थापा, भगवतीप्रसाद देव, राजुकुमार खत्री, भरत मरासिनी, राजुकुमार रेग्मी, भोला सिटौला र प्रेमहरि ढुंगानाको संयोजकत्वमा विभिन्न सेवाप्रदायक समिति गठन गरेको छ।

पर्वका लागि झण्डै तीन करोड रुपियाँको हाराहारीमा सौन्दर्य, खानाखाजा खर्च, आवास भोजन, साधुसन्तको स्वागत तथा विदाइ, भक्तिसङ्गीत प्रस्तुति लगायतका लागि खर्च विनियोजन गरिएको छ। उपनिर्देशक ढुङ्गानाका अनुसार सुरक्षा व्यवस्थाका लागि सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ।

महाशिवरात्रिका रात पाँच हजार एकसय रुपियाँभन्दा माथिको पूजाका लागि मात्र भक्तजनले पूजा गर्न पाउने र अन्यले पंक्तिवद्ध भएर दर्शन गर्ने व्यवस्था गरिएको छ।

मैतीदेवी पुरानो वानेश्वर भएर पशुपति आउने, ज्ञानेश्वरबाट आउने, तिलगङ्गा र चावहिल बौद्धबाट आउने भक्तजनका लागि छुट्टा छुट्टै प्रवेशमार्ग तोकिएको छ।

प्रकाशित मिति : माघ २३, २०७५ बुधबार  ४ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।