काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ)सम्म ६४ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएका छन् ।
बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनासम्मको वित्तीय विवरण अनुसार २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको जेठसम्म ६४ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएका हुन् । अघिल्लो वर्ष २०८१/८२ को जेठसम्म वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा १९.६२ प्रतिशतले बढेको छ।
यस अवधिमा सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ । यस बैंकले ८ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
सर्वाधिक नाफा कमाउनेको दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले जेठसम्म ५ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये नाफामा सर्वाधिक वृद्धिदर कुमारी बैंकको रहेको छ । यस बैंकले चालू आवको जेठसम्म ४ अर्ब ७० करोड नाफा कमाएको छ ।





















प्रतिक्रिया