Logo

अर्थ

म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने रूरू जलविद्युतको निर्णय



काठमाडौं । रूरू जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावर लिमिटेडमा ८ करोड रुपैयाँ बराबरको लगानी गर्ने निर्णय गरेको छ । कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले अन्य जलविद्युत कम्पनीहरूमा रणनीतिक लगानी गर्ने योजनाअन्तर्गत पहिलो चरणमा म्याग्दी हाइड्रोपावरमा लगानी गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार रूरू जलविद्युतले म्याग्दी हाइड्रोपावरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर खरिद गर्नेछ । यसका लागि कम्पनीले कुल ८ करोड रुपैयाँ लगानी गर्ने भएको हो । कम्पनीले जलविद्युत क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने रणनीतिअनुसार उक्त निर्णय गरिएको जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०८३, आईतवार १४:३३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।