दोलखा। दोलखा कालिन्चोक गाउँपालिकाले कृषि तथा पशुपंक्षी फर्म तथा सहकारी संस्था, व्यक्तिसहित कृषक समूहलाई छानबिन गर्ने भएको छ।
दोलखाको कालिन्चोक गाउँपालिकाको आज आइतबार बसेको कालिन्चोक गाउँसभा १७औँ अधिवेशनको निर्णयबाट २०७४ सालदेखि हालसम्म कृषि तथा पशुपंक्षी फर्ममा अनुदानका लागि दुरुपयोग गर्ने व्यक्ति तथा संस्थाहरूलाई कारबाही गर्ने र सोका लागि पालिकाले तिन सदस्यीय छानबिन समिति समेत गठन गरेको गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले बताए।
पालिकाले छानबिन समितिमा गाउँ कार्यपालिका सदस्य भवानी थामीलाई संयोजक तोकेर छानबिन गर्न अधिकार दिएको छ। गाउँपालिकाले कार्यपालिका सदस्यहरू रामकृष्ण त्रिपाठी र राजकुमार अधिकारी सदस्य छनोट गरेको छ। अन्य सदस्यहरूमा सदस्यमा पालिकाको भेटेनरि शाखा प्रमुख, कृषि शाखा प्रमुख रहने बताइएको छ।
पालिकाभित्र कृषि अनुदान खायर काम नगर्ने र कृषि संस्थाहरूलाई अनुदान लगि दुरुपयोग गर्नेहरूलाई कारबाही गर्ने पालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले बताए।
लक्षित वर्गको बजेट दुरुपयोग गर्नेहरूलाई पहिलो चरणमा सूचना जारी गर्ने र दुरुपयोग रकम फिर्ता गर्न आग्रह गर्ने र दुरुपयोग गरेरै अटेर गरेर फिर्ता नगरे कानुनी प्रक्रिया अगाडि बढाउने पालिका प्रमुखले बताए।




















प्रतिक्रिया