Logo

अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावले तेलको मूल्य ३ प्रतिशतभन्दा बढी बढ्यो



काठमाडौं — अमेरिका र इरानबीच मध्यपूर्वमा सैन्य तनाव चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन प्रतिशतभन्दा बढीले बढेको छ।

सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ३.०८ प्रतिशतले बढेर ७८.३५ डलर पुगेको छ भने अमेरिकी डब्लुटीआई कच्चा तेल ३.०९ प्रतिशतले बढेर ७३.६२ डलर प्रतिब्यारेल पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानले हर्मुज जलडमरूमध्यमा जहाज आवागमनमा कडाइ गरेपछि र अमेरिकाले इरानमाथि थप सैन्य कारबाही गरेपछि ऊर्जा आपूर्तिमा अवरोध आउने चिन्ताले तेल बजार प्रभावित भएको हो।

विश्लेषकहरूले मध्यपूर्वमा बढ्दो तनावका कारण विश्व ऊर्जा बजारमा अनिश्चितता थप बढ्ने र आगामी घटनाक्रमले तेलको मूल्यको दिशा तय गर्ने बताएका छन्।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार ०९:३९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।