Logo

अर्थ

सिटी एक्सप्रेस मनी ट्रान्सफरको २०औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम



काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले असार २७ गते १९ वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । वाार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

‘रक्तदान जीवनदान–हामी सबैको योगदान’ भन्ने मूल नाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेसको कमलादीस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो ।

साथै २०औं वार्षिकोत्सवको अवसरमा कम्पनीले वर्षका उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत पनि गरेको थियो । उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेस्डर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिति रहेको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १९ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार १४:३४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।