Logo

प्रमुख समाचार

कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद गाडी पार्किङ



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद् गाडी राखेको पाइएको छ ।

थापाको निवासको गेटमा बिएसी ९५७५ नम्बरको गाडी पार्किङ गरेर राखेको भेटिएको हो । उक्त गाडी बाइकसमेत निस्कन नमिल्ने गरी बिहान ७ बजेदेखि राखिएको स्थानीयले बताएका छन् ।

सोमबार नै सञ्चारमाध्यमको गेटमा शङ्कास्पद रूपमा पार्किङ गरिएको गाडीहरू प्रहरीले हटाएको छ । कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर राखेको गाडी ट्राफिक प्रहरीले क्रेनको सहायताले हटाएको हो ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार १५:४१   :  बजे

480
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।