Logo

प्रमुख समाचार

निश्कल राईले बालेनलाई ‘श्री ८’ भनेपछि रास्वपा सांसदको नियमापत्ति



काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई ‘श्री ८’ को संज्ञा दिइएकोप्रछि सत्तारुढ दल रास्वपाका सांसद शिवजी यादवले नियमापत्ति गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा राईले बालेनलाई प्रश्नभन्दा माथि रहेका ‘श्री ८’ भनेर टिप्पणी गरेका थिए ।

उनले भनेका थिए, ‘सरकारले खासगरी श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ । यतिसम्म कि देशमा रहेको संविधान र कानुनको परिधिभित्र रहेर उत्पन्न हुने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ ।’

उनका अनुसार सरकार यो पनि भन्दैछ, ‘तँ बोल त्यति मात्र, जे म सुन्न चाहन्छु, तँ हेर त्यति मात्र, जति म देखाउन चाहन्छु, तँ सुन त्यति मात्र, जे म सुनाउन चाहन्छु, तेरो स्वतन्त्रता घेरा मैले कोरेको शून्यभन्दा बाहिर छैन ।’

सांसद राईको यस्तो अभिव्यक्तिमा रास्वपाका सांसद शिवजयी यादवले नियमापत्ति गरेका हुन् । उनले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा चलिरहेका छौं । जुन हिसाबले अघिका माननीय ज्यूले नेपाल सरकारलाई, सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यूलाई श्री ८ को सरकार भनेर जुन सम्बोधन गर्नुभएको छ । संविधानले त्यो भाषा स्वीकार्दैन । सनदे त्यो भाषा स्वीकार्दैन । त्यो रेकर्डबाट हटाउन माग गर्दछु ।’

प्रकाशित मिति : ३० असार २०८३, मंगलवार १२:३३   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।