Logo

अर्थ

सेयर बजारमा ६.११ अंकको वृद्धि



काठमाडौं । सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से परिसूचक ६.११ अंकले बढेर २,५७६ को विन्दुमा कायम भएको छ ।

आज १६४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ कम्पनीको मूल्य घटेको छ ।

आज ८ अर्ब ४१ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै केबिएल डिबेञ्चर २०९० को इकाई कारोबार भएको छ । यसको ५२ करोड ७१ लाख रुपैयाँको इकाई कारोबार भएको छ । एनएमबि डिबेञ्चरको ३९ करोड १६ लाख रुपैयाँको इकाई कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कामना सेवा विकास बैंक डिबेञ्चरका इकाईधनीले कमाएका छन् । यसका इकाईधनीले १०.२२ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ९.६८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलवार १५:१८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।