काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका तीनवटा महत्त्वपूर्ण विधेयकहरू प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले यी विधेयकहरू प्रमाणीकरण गरेका हुन् ।
मंगलबार प्रमाणीकरण गरिएका विधेयकहरूमा ‘विनियोजन विधेयक, २०८३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘आर्थिक विधेयक, २०८३’ रहेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार यी तीनै विधेयकहरू मंगलबार प्रमाणीकरण गरिएका हुन् ।




















प्रतिक्रिया