काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने भन्दै ठगी गरिएको बहुचर्चित प्रकरणमा पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय निर्धारण गर्दै ठगी कसुरमा २ वर्ष कैद र १५ हजार रुपैयाँ, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ तथा राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो।
राज्यविरुद्धकै अभियोगमा थप ६ महिना कैदसमेत हुने भए पनि एकीकृत सजायअनुसार पाण्डेलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको अदालतले जनाएको छ।
यसअघि असार २४ गते अदालतले उक्त प्रकरणमा १६ जनालाई दोषी ठहर गरेको थियो भने ७ जनाले सफाइ पाएका थिए। राजनीतिक नेतृत्व, उच्च सरकारी कर्मचारी र बिचौलियाको संलग्नता रहेको यो बहुचर्चित प्रकरणको अन्तिम सजाय निर्धारण मंगलबार गरिएको हो।




















प्रतिक्रिया