Logo

अर्थ

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

योसँगै प्रतितोला सुन २ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य २ लाख ८४ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेर ४ हजार ४१५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य ४ हजार ३६० रुपैयाँ थियो ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार ११:२३   :  बजे

225
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।