काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १४ अंकले बढेर २,५९० को विन्दुमा कायम भएको छ ।
आज १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब १७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन बैंक डिबेञ्चर २०८३ को कारोबार भएको छ । यसको ४४ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनएमबि डिबेञ्चरका इकाईधनीले कमाएका छन् । यसका इकाईनीले ९.२० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै उपकार लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ७.३२ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया