काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
योसँगै आज प्रतितोला सुन २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा २ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ९० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ३२५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको भाउ ४ हजार ४१५ रुपैयाँ थियो ।




















प्रतिक्रिया