Logo

समाचार

डोल्पामा स्रोत नखुलेको ५५ लाख ९० हजारसहित २ जना पक्राउ



काठमाडौं । जिल्ला प्रहरी कार्यालय डोल्पाले स्रोत नखुलेको रु. ५५ लाख ९० हजार नगदसहित २ जनालाई पक्राउ गरेको छ । त्रिपुरासुन्दरी नगरपालिका– १ त्रिपुराकोट बजारस्थित भेरी करिडोर सडकखण्डमा गरिएको संयुक्त सुरक्षा चेकजाँचका क्रममा उक्त रकम बरामद गरिएको हो ।

ठूलीभेरी नगरपालिका–३ दुनैबाट त्रिपुरा सुन्दरी–७ छ्ल गाउँतर्फ जाँदै गरेको भे१३प ९२६५ मोटरसाइकलाई जाँच गर्ने क्रममा उक्त रकमसहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मोटरसाइकलमा सवार ठूलीभेरी नगरपालिका–७ का ३२ वर्षीय विष्णुलाल रोकाया र ४२ वर्षीय भक्तिचन्द्र रोकाया रहेका छन् । उनीहरुले बोकेको झोलामा उक्त रकम फेला परेको सशस्त्रले जनाएको छ ।

भेरी करिडोर सडकखण्ड अन्तर्गत त्रिपुराकोटमा सशस्त्र प्रहरी बल नेपाल नं ४६ गुल्म डोल्पा, नेपाल प्रहरी तथा जिल्ला प्रसाशन कार्यलयको प्रतिनिधिसहितको संयुक्त टोलीले चेकप्वान्ट खडा गरी जाचँ गरेको थियो । सोही क्रममा उक्त रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको सशस्त्रले जनाएको छ ।

बरामद गरिएको नगदसहित दुवैजनालाई कानुनबमोजिम नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार १३:१३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।