Logo

प्रमुख समाचार

विष्णु पौडेलसहित ७ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगपत्र दर्ता गर्ने तयारी



काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले नेता एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगपत्र दायर गर्ने तयारी गरेको छ ।

विभागले गरेको अनुसन्धानका आधारमा विशेष सरकारी वकिल कार्यालयले पौडेलसहितका प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गर्न लागेको हो ।

करिब ३३ करोड रुपैयाँ बराबरको रकम, विभिन्न जग्गाको १५० रुपैयाँभन्दा बढी स्वामित्व र व्यवसायमा रहेको तीन लाख ७५ हजार जग्गाको सेयर सम्पत्ति शुद्धीकरण गरेको आरोपमा आरोपपत्र दायर गर्ने तयारी भइरहेको छ । 

स्रोतका अनुसार, यसअघि दीपक भट्टसहितलाई सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरिसकेकाले अभियुक्तविरुद्ध पूरक अभियोगपत्र लैजाने लागिएको छ । 

 

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार १६:५७   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।