Logo

राजनीति

नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत होउबीच भेटर्वाता



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेट भएको छ। राजदूत यान्छीले सोमबार प्रचण्ड निवास खुमलटार पुगेर प्रचण्डलाई भेट गरेकी हुन्।

भेटमा दुई देशहरुबीचको सम्बन्ध र सत्तारुढ कम्युनिष्ट पार्टीबीचको सम्बन्धबारे छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल)ले बताए। भेटमा प्रचण्डलाई राजदूत यान्छीले चिनियाँ राष्ट्रपति सि जिनपिनले लेखेको पछिल्लो पुस्तक उपहार दिएकी थिइन्।

नेकपाभित्र विवाद बढ्दै गर्दा राजदूत यान्छीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा पुगेर भेटेकी थिइन्। प्रधानमन्त्रीसँगको भेटमा उनले नेकपामा देखिएको समस्या मिलाउने मुख्य जिम्मेवारी ओलीसँगै रहेको भन्दै पार्टी एकतामा पहल गरेकी थिइन्।

नेकपामा प्रधानमन्त्री ओली र दाहालबीच अन्तरद्वन्द्व चलिरहेको अवस्थामा चिनियाँ राजदूतको भेटलाई अर्थपूर्ण रुपमा हेरिदै आएको छ। नेकपामा विवाद चुलिदै गएपछि राजदूत यान्छीले राजनीतिक भेटलाई तीव्र बनाएकी छन्।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार १४:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।