Logo

अर्थ

सेयर बजारमा ३३.२८ अंकको गिरावट, ६ अर्ब ८ करोडकाे कारोबार



काठमाडौं । आज साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३३.२८ अंकले घटेर २,७०१ को विन्दुमा कायम भएको छ ।

आज ६ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ३३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १३.३८ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार १५:२१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।