काठमाडौं। आन्तरिक राजस्व विभागले उपभोक्तामा लगाएको बिजुली खपतमा लाग्ने मूल्य अभिवृद्धि कर साउन १ गतेदेखि मात्र लागू हुने स्पष्ट पारेको छ।
आर्थिक ऐन २०८३ ले मूल्य अभिवृद्धि कर ऐन २०५३ संशोधन गरी सरकारले विद्युत् सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई ५ प्रतिशत तथा अन्य व्यक्तिका सम्बन्धमा १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको थियो।
बिजुलीमा लाग्ने भ्याटका सम्बन्धमा सरोकारवालाबीच अन्यौल उत्पन्न भइरहेको अवस्थामा राजस्व विभागले यसबारे स्पष्ट पारेको हो।
विभागका अनुसार ३२ असारसम्मको खपत बिलिङ १ साउन २०८३ मा भएमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने, १ साउन देखि जारी हुने कर बिजकमा न्यूनतम जार्च वा डिमाण्ड चार्जमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने सम्बन्धमा सर्वसाधारण, उपभोक्ता र कतिपय व्यवसायीमा समेत अन्यौल थियो।





















प्रतिक्रिया