Logo

समाचार

१० हजार घुस लिँदै गरेको अवस्थामा वडासचिव पक्राउ



काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडासचिव अजयकुमार साहलाई १० हजार घुससहित पक्राउ गरेको छ।

आयोगका अनुसार सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीलाई दुःख–हैरानी दिइ घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले साहलाई पक्राउ गरिएको हो।

आयोगले सेवाग्राहीबाट १० हजार घुस लिइसकेको अवस्थामा सोही वडास्थित एक स्थानीय होटलबाट नियन्त्रणमा लिएको हो। आयोगले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलवार ०७:३३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।