Logo

अर्थ

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी गिरावट भएको छ । आज सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

योसँगै आज प्रतितोला सुन २ लाख ८४ हजार २ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी तोलामा १३५ रुपैयाँले घटेको हो । योसँगै आज चाँदी तोलामा ४ हजार ३१० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलवार १०:५६   :  बजे

900
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।