काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न आकर्षक सुविधाहरू सहित ‘मनसुन अफर २०८३’ सार्वजनिक गरेको छ ।
मंगलबारदेखि लागू भएको यस अफरअन्तर्गत कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा थप सुविधासहितका नयाँ प्याकेजहरू सञ्चालनमा ल्याएको हो ।
कम्पनीका अनुसार, अफरअन्तर्गत पोस्टपेड ग्राहकका लागि ३७३ र ४९९ रुपैयाँका आकर्षक प्याकहरू उपलब्ध गराइएको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २० जिबी डेटा प्याक ९९ रुपैयाँदेखि १९९ रुपैयाँसम्ममा उपलब्ध गराइएको छ ।
यसैगरी धेरै डेटा चलाउने प्रिपेड ग्राहकलाई लक्षित गर्दै १ हजार ४९९ रुपैयाँमा ५०० जिबी डेटा र ३५० मिनेट अल-नेट कलको विशेष सुविधा पनि थपिएको छ । यस पटकको अफरमा टेलिकमले हाल सञ्चालनमा रहेको २० रुपैयाँको ‘नमस्ते क्रेडिट’ (सापटी) सेवालाई परिमार्जन गर्दै ३० रुपैयाँ पुर्याएको छ ।
उक्त सापटी रकमबाट ग्राहकले डेटा, भ्वाइस वा एसएमएस प्याकहरू खरिद गर्न सक्नेछन् । साथै नमस्ते रिकरिङ प्याक र कर्पोरेट युजर ग्रुप प्याकहरूलाई समेत थप आकर्षक बनाइएको कम्पनीले जनाएको छ ।
यी सुविधाहरू लिनका लागि ग्राहकले आफ्नो मोबाइलबाट स्टार १४१५ ह्यास डायल गरेर वा नेपाल टेलिकमको एप तथा वेबसाइटमार्फत जानकारी लिन र प्याकेज खरिद गर्न सक्नेछन् ।




















प्रतिक्रिया