काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आगामी साउन १४ गतेका लागि आह्वान गरिएको प्रतिनिधिसभा बैठकको कार्यसूची र सदनको सञ्चालनका विषयमा राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरिरहेका छन् ।
सिंहदरबारस्थित सभामुखको सचिवालयमा आज आयोजित बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको सहभागिता छ ।
बैठकमा मुख्य गरी बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकको विषयमा केन्द्रित रहेको जनाइएको छ । लामो समयपछि प्रतिनिधि सभाको बैठक बिहीबार बस्दै छ ।




















प्रतिक्रिया