Logo

राजनीति

कांग्रेसले विपद व्यवस्थापनसम्बन्धी ३ दिने प्रशिक्षण आयोजना गर्ने



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्राकृतिक विपद् व्यवस्थापनका लागि दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले तीन दिने आन्तरिक विशेष प्रशिक्षण आयोजना गर्ने भएको छ ।

प्रतिष्ठानको गत श्रावण १० र ११ मा बसेको छैटौँ बैठकको निर्णयअनुसार आगामी श्रावण १५, १६ र १७ गते काठमाडौँमा यो प्रशिक्षण कार्यक्रम सञ्चालन हुन लागेको हो ।

पहिलो चरणको यस प्रशिक्षणका लागि इच्छुकहरूमध्येबाट छनोट गरिएका ४० जना युवाहरूलाई सहभागी गराइने प्रतिष्ठानले जनाएको छ । प्रशिक्षणलाई केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी प्राविधिक सिप र व्यवहारिक अभ्यासमा समेत जोड दिइनेछ ।

प्राकृतिक विपद् व्यवस्थापनको क्षेत्रमा स्वदेश तथा विदेशमा लामो समयदेखि कार्य गरिरहेका विषय विज्ञहरूले प्रशिक्षकका रूपमा सहजीकरण गर्नेछन् ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलवार १३:५२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।