Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट



काठमाडौं । आज साताको दोस्रो कारोबार दिन पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक ४.६४ अंकले घटेर २,६९६ को विन्दुमा कायम भएको छ ।

आज ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६६ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ४२ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सको कारोबार भएको छ । यस कम्पनीको २७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिडी पावरको २१ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६ प्रतितका दरले गुमाएका हुन् ।

 

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलवार १५:१४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।