Logo

अर्थ

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश



काठमाडौँ । जिल्ला अदालत काठमाडौँले उद्योगी शेखर गोल्छालाई बीमा र धितोपत्रसम्बन्धी कसुरमा धरौटीमा छाड्ने आदेश दिएको छ। मंगलबारको थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौँले गोल्छालाई धरटीमा छाड्ने आदेश दिएको हो ।

न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले बीमासम्बन्धी कसुरमा गोल्छालाई ७५ लाख धरौटी माग्ने आदेश भएको छ । त्यस्तै, धितोपत्रको कसुरमा गोल्छालाई २५ लाख धरौटी माग्ने आदेश भएको छ ।

यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराेको अनुसन्धान प्रतिवेदनका आधारमा गत जेठ २८ मा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

अदालतको यो आदेशसँगै गोल्छा बैंक ग्यारेन्टी राखेर जिल्ला अदालत काठमाडौँबाट छुटेका छन्।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलवार १९:३६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।