काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको कप्तानगञ्जमा भएको दोहोरो झडपमा घाइते भएकासँग भेट गरेकी छन्।
मंगलबार विराटनगरस्थित न्यूरो अस्पताल पुगेर उनले गृहजिल्ला सुनसरीमा भएको घटनाका घाइतेलाई भेटेकी हुन्। उनले घाइतेका अभिभावकलाई पनि भेटेकी थिइन्।
उपचारमा कुनै समस्या भए डाक्टरसँग समन्वय गर्न घाइतेका परिवारलाई उनको आग्रह थियो। उनले भनिन्, ‘सरकार तपाईंहरुसँगै छ। कुनै समस्या पर्यो भने यहाँ हाम्रो साथीहरु पनि हुनुहुन्छ। डाक्टर पनि हुनुहुन्छ। उहाँहरुलाई भन्नु होला।’
साउन १० मा दुई फरक समुदायबीच भएको विवादले उग्र रुप लिँदा एक जनाको मृत्यु भएको थियो। कम्मरमाथि गोली लागेका ९ जना उपचाररत छन्। घटनामा प्रहरीसहित २२ जना घाइते भएका छन्।




















प्रतिक्रिया